सहयोगी हातहरु

रास्कोट सामुदायिक अस्पतालका केहि विशेषताहरू
September 20, 2018
Report on Health camp in Raskot Community Hospital
April 17, 2019
Show all
 

नेपालकै दुर्गम क्षेत्र कालिकोटमा एसियाकै नमुना डिजिटल अस्पताल बनाउन रबि लामिछाने र इजी लिंक बीच सहमति भएको छ। इजी लिंक रेमिटेन्स ले अस्पतालको सुरुमै अस्पताल निर्माणका लागि ५ लाख रकम सहयोग गरेको थियो। अस्पतालकै निर्माणका लागि हरेक पटक पैसा पठाउदा १०० रूपैयॅा दिने समेत सहमति बनेको हो। नेपाली समाजलाई राम्रो योगदान चाहेको कारण रबि लामिछाने इजी लिंक रेमिटेन्स कम्पनीको ब्राण्ड एम्बेसडर बनेका छन्। बिदेशमा नेपाली दाजुभाइहरुले रातदिन दुख गरि कमाएको पैसा नेपाललाई सुरक्षित र कानुनि तबर बाट मात्र पठाउने हैन राम्रो रेट समेत दिदै यो संस्थाले रबि लामिछानेले निर्माण गर्न लागेको दुर्गम कालिकोटको रास्कोट अस्पताललाई समेत योगदान दिने भएको कारण रविले आफुले ईजी लिंक संग जोडिएको बताएका छन्। हरेक नेपालीले हरेक पटक पैसा पठाउदा रास्कोट अस्पतालका लागि इजी लिंकले प्रतेक पटक रु १०० दिने भएको हो। सिटामोल समेत खान नपाएर मर्न बाध्य हुने गरेका त्यस क्षेत्र का बासिन्दा हरुलाई अस्पतालमा उपचार गराउने र जिबन जोगाउन योगदान दिने भन्दै रबि लामिछानेले सुरु गरेको रास्कोट अस्पतालमा यो रेमिटेन्सले सहकार्य गर्न लागेको हो। यस अघि पनि इजी लिंक समाज सेवा क्षेत्र मा राम्रो योगदान पुर्याउदै आएको हुनाले आफु यो कम्पनि संग सहकार्य गर्दै अघि बढ्ने बताएका हुन्। यसै गरि रबिकै अभियान को रास्कोट अस्पतालका लागि विभिन्न संस्था र व्यक्तिहरुले समेत आफुले सकेको पैसा संकलन गर्दै आएका छन्। र इजी लिंकले गरेको सहकार्यले अब यो रास्कोट अस्पताल छिट्टै बन्ने भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *